समाचार
मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु
धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन्...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो सवा १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महासमिति बैठकको तयारी, समसामयिक राजनीति र जाजरकोट भूकम्प बैठकका मुख्य एजेण्डा छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका...
चितवन कारागारमा एक सय कैदी बिरामी
चितवन । जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् । १११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए । कारागारमा बिरामी...
नग्न अवस्थामा बालिकाको शव भेटियो
काठमाडौँ । धनुषामा नग्न अवस्थामा बालिकाको शव फेला परेको छ । २४ घण्टादेखि हराइरहेकी बालिका मृत अवस्थामा फेला परेकी हुन् । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनले लगाएका...
कांग्रेसको गगन–शेखर पक्षको भेला सुरु
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरिएको हो । भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी छन् । भेलामा आसन्न महासमिति बैठक,...
विभिन्न स्थानमा तीन जना मृत फेला
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका–११ कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–५ खोनपुर बस्ने ६० वर्षीया रुन्ची थारु सोही ठाउँस्थित...
बारामा प्रहरीको गोली लागी एक जनाको मृत्यु
सिमरा । बारामा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागी गम्भीर घाइते भएका सिम्रौनगढ नगरपालिका वडा नम्वर १ निवासी लखिन्द्र मुखियाको छोरा २५ वर्षीय लक्ष्मी मुखियालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएको...
एक वर्ष यही सरकारले निरन्तरता पाउँछ: प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्तमान सरकारले आगामी एक वर्ष निरन्तरता पाउने बताएका छन् । उनले सो अवधिमा एक वर्ष विकासको मोडालिटी र आर्थिक समृद्धिमा सरकारको ध्यान केन्द्रित हुनेसमेत बताए । उनले कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै एक वर्ष वर्तमान सरकारले निरन्तरता पाउँदा विकासको मोडालिटी...
गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति अस्पताल भर्ना भएका छन् । उनी गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएका हुन् । हाल उनको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्यावस्था स्थिर रहेको गृहमन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ । गत असोज ३० देखि कात्तिक १ गतेसम्म उनी...
मकवानपुरको कैलाशमा स्वास्थ्य स्वयमसेविका दिवस मनाइयो
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा २० औँ स्वास्थ्य स्वयमसविका दिवस मनाइएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा सांग्रिला डेभलपमेन्ट एशोसिएसनको सह आयोजनामा मंगलबार कालिकाटारमा एक कार्यक्रमको आयोजना गरी उक्र दिवस मनाइएको हो । कार्यक्रममा सबै वडामा रहेका ४२ जना स्वयमसेविकालाई भेला गरी उनीहरुलाई सम्मान तथा अनुभव आदानप्रदान गरिएको थियो...








