एक वर्ष यही सरकारले निरन्तरता पाउँछ: प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्तमान सरकारले आगामी एक वर्ष निरन्तरता पाउने बताएका छन् ।
उनले सो अवधिमा एक वर्ष विकासको मोडालिटी र आर्थिक समृद्धिमा सरकारको ध्यान केन्द्रित हुनेसमेत बताए ।
उनले कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै एक वर्ष वर्तमान सरकारले निरन्तरता पाउँदा विकासको मोडालिटी र बजेटको विषयमा बेग्लै तरिकाले प्रस्तुत गरेको जिकिर गरे ।
आगामी एक वर्षपनि यही सरकारले निरन्तरता पाउँछ प्रचण्डको भनाइ उदृत गर्दै प्रशिक्षणमा सहभागी एक नेताले भने, ‘आगामी आर्थिक वर्ष सरकार र विकासको मोडालिटीमा सरकारले ध्यान केन्द्रित गर्छ । अब म के के गर्छु हेर्दै जानुहोला ।’
यस्तै प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखेर हौसिएका प्रचण्डले यही रफ्तारमा विचार र कार्यशैलीको हिसाबले लिड गर्न सके २०८४ अघि नगरपालिका पार्टीको कब्जामा आउने दाबी गरे ।
