विभिन्न स्थानमा तीन जना मृत फेला
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका–११ कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–५ खोनपुर बस्ने ६० वर्षीया रुन्ची थारु सोही ठाउँस्थित खेतमा पानी सिचाई गर्ने कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
उता पर्साको वीरगन्ज महानगरपालिका(१६ ईनर्वागाँउ बस्ने २५ वर्षीय राकेश पटेल आफ्नै सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
