बारामा प्रहरीको गोली लागी एक जनाको मृत्यु
सिमरा । बारामा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले गोली चलाएको हो ।
प्रहरीको गोली लागी गम्भीर घाइते भएका सिम्रौनगढ नगरपालिका वडा नम्वर १ निवासी लखिन्द्र मुखियाको छोरा २५ वर्षीय लक्ष्मी मुखियालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएको थियो । पछि चिकित्सकहरुले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
झडपमा अरु १० जना प्रहरी समेत घाइते भएका छन् । पालिकाकी मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लैजाँदा एउटा समूहले अवरोध गरेपछि झडप भएको हो ।
