मकवानपुरको कैलाशमा स्वास्थ्य स्वयमसेविका दिवस मनाइयो

तु खबर संवाददाता
२०८० मंसिर २०,बुधबार १०:०४

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा २० औँ स्वास्थ्य स्वयमसविका दिवस मनाइएको छ ।

कैलाश गाउँपालिकाको आयोजना तथा सांग्रिला डेभलपमेन्ट एशोसिएसनको सह आयोजनामा मंगलबार कालिकाटारमा एक कार्यक्रमको आयोजना गरी उक्र दिवस मनाइएको हो ।

कार्यक्रममा सबै वडामा रहेका ४२ जना स्वयमसेविकालाई भेला गरी उनीहरुलाई सम्मान तथा अनुभव आदानप्रदान गरिएको थियो । सो क्रममा स्वास्थ्य स्वयम् सेविकाले खेलेको भूमिकाबारे चर्चा गरिएको थियो ।

कार्यक्रम कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता एवम् सांग्रिला डेभलपमेन्ट एशोसिएसनका विक्रमसिं धामीको अध्यक्षतामा भएको हो ।

यस्तै, सो कार्यक्रमकाबीच गाउँपालिकाभर क्रियाशील स्वयमसेविकामध्येबाट उत्कृष्ट भूमिका निर्वाह गर्ने ३ जनालाई नगदसहित पुरस्कृतसमेत गरिएको थियो । परस्कृत हुनेहरुमा क्रमशः कार्य सम्पादन मूल्यांकनको आधारमा वडा नम्बर १ कि अनिता थिङ, वडा नम्बर ८ कि सुकुमाया थिङ र वडा नम्बर ९ कि गोपिमाया घिसिङ रहेका छन् ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, स्वास्थ्य शाखा प्रमुख कृष्ण यादव, स्वास्थ्य कार्यालय मकवानपुरका गजेन्द्रप्रसाद यादव, सांग्रीला डेभलपमेन्ट एशोसिएसनका धनबहादुर मुक्तान, कालिका माविकी विद्यालय नर्स विन्दा तितुङलगायतको सहभागिता रहेको थियो ।