समाचार

थापाथलीमा एक जना पुरुषको शव भेटियो

काठमाडौँ । काठमाडौंमा एक जना पुरुषको शव फेला परेको छ । थापाथली चोकको सडक पेटीमा आज बिहान ६ बजे शव फेला परेको हो । थापाथली अस्पताल जानेतर्फको सडकको पेटीमा अन्दाजी ३०/४० वर्षका पुरूष मृत भेटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । मृत भेटिएका व्यक्तिको पहिचान हुन नसकेको उनले बताए...

आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावस्वरुप देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही...

आज सीताराम विवाहपञ्चमी, मधेश प्रदेशमा सार्वजनिक विदा

जनकपुरधाम । मंसिर शुक्ल पञ्चमी तीथि अर्थात आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी मनाउने गरिन्छ । मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन...

भीमफेदीमा कोदो र फापर फलाउने किसानलाई अनुदान वितरण

मकवानपुर । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको हो । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा...

मानव सेवा आश्रमको भवन उद्घाटन

हेटौंडा । हेटौंडास्थित मानव सेवा आश्रमको केन्द्रीय कार्यलय भवन उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार बिहान आश्रमको हेटौंडा ९ लामसुरेधापस्थित केन्द्रीय कार्यलयको भवन उद्घाटन गरेका हुन् । १२ करोड रुपैयाँ लागतमा आश्रमको भवन निर्माण भएको बताइएको छ । केही महिनाअघि मानवसेवा आश्रमले मेची महाकाली अभियान सञ्चालन...

कांग्रेस मकवानपुरको भेला पुस ३ गते

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला भेला आउँदो पुस तीन गते हेटौंडामा हुने भएको छ । पत्रकार सम्मेलन गर्दै जिल्ला सभापति बुद्ध लामाले पुस तीन गते हुने जिल्ला भेलाको तयारी तीब्र पारिएको जानकारी दिएका छन् । उनले यसपटकको भेला विशेष रहने भन्दै भेलामा राजनीतिक रुपमा बनेका संरचनालाई सामाजिक तथा...

इन्धनको मूल्य घट्यो

काठमाडौँ । इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर...

पशुपतिनाथ माविमा १७८ जनाको परीक्षण

हेटौंडा । मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविमा बिहीबार आयोजित आँखा परीक्षण शिबिरमा एक सय ७८ जनाले आँखा परीक्षण गराएका छन् । बनकरिया, तामाङ, चेपाङ लगायत समुदायका आँखाका रोगीले आँखा परीक्षण गराएका थिए । हेटौंडा सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेको हो । रोटरी क्लब अफ मकवानपुर, रोट्रयाक्ट...

सवारी दुर्घटनामा घाइते भएका मगरको उपचारको क्रममा मृत्यु

हेटौंडा । मकवानपुरमा सवारी दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरीखेतमा मोटरसाइकल दुर्घटनामा परेका हेटौंडा ३ बसामाडी निवासी २५ वर्षीय विकल सारु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोही दुर्घटनामा एकजना घाइते भएका...

हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया

मकवानपुर । हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी नीतिगत सवाल, मुद्दा, चुनौती र आगमी सम्भावनाहरुबारे अन्तरसवाद गरिएको छ । शुक्रबार मकवानपुर महिला समूहको आयोजनामा अन्तरक्रिया भएको हो । कार्यक्रममा सहभागिहरुले विकशित देशहरुका कारण विशेषगरी जलवायु परिवर्तनमा असर पुगेको बताएका थिए । तुलनात्मक रुपमा नेपालीहरु जलवायुको संरक्षणमा सचेत देखिएकोे उनीहरुले बुझाइ थियो...