समाचार

प्रधानमन्त्रीले पुष १० गते राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले तस्रो पटक प्रधानमन्त्री भएपछि एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा पारेर पुष १० गते राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस...

कांग्रेस बागमती प्रदेशको सम्मेलन भोलि काठमाडौँमा हुने

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशको सम्मेलन पुष ७ गते काठमाडौँमा आयोजना हुने भएको छ । आज पत्रकार सम्मेलनमार्फत् सो विषयमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा कांग्रेस वागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले प्रदेश स्तरीय सम्मेलन भोलि पौष ७ गते शनिवार काठमाडौंमा हुने बताए । उनले सम्मेलनको उद्घाटन पार्टीका...

काठमाडौँ महानगरपालिकाका विद्यालयले अनुशासन इन्चार्ज राख्न नपाउने

  काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुमा अनुशासन इन्चार्ज राख्न नपाइने भएको छ । अनुशासन इन्चार्जले विद्यार्थीहरुमा डर सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने गरेकोसमेत गुनासो प्राप्त भएसँगै महानगरले यस्तो निर्णय गरेको हो । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार विद्यालयमा राखिएका महानगरले विद्यार्थीमैत्री...

हेटौंडा साकोसले २५ औँ स्थापना दिवसमा विविध कार्यक्रम गर्ने

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले २५ औं वार्षिक उत्सवको अवसर पारी विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत् सो विषयमा जानकारी गराइएको हो । संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतले शुक्रबारबाट सुरु हुने विभिन्न कार्यक्रम १३ गते समापन...

पाकिस्तानमा गोली हानेर ६ जना मजदुरको हत्या

काठमाडौँ । पाकिस्तानमा गोली हानेर ६ जना मजदुरको हत्या गरिएको छ । खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेको र सो घटनामा ६ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाएको छ । मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा एउटा प्रहरी चौकी भवन निर्माण कार्यमा संलग्न...

चीनको कोइला खानीमा दुर्घटना, १२ जनाको मृत्यु

उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएका राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहिबार जनाएको छ। स्थानीय समय अनुसार घटना दिउँसोको ३स्५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भाग स्थित कोईला खानीमा भएको राज्य प्रसारक सिसीटिभीले जनाएको छ। दुर्घटनामा १२ जनाको मृत्यु तथा...

राष्ट्रियसभा निर्वाचनका लागि आयोगले तोक्यो ७ मतदानस्थल

काठमाडौँ । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आज विज्ञप्ति जारी गर्दै आयोगले आगामी माघ १० गते राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एउटा मतदानस्थल र सोही मतदान स्थलमा दुईवटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा...

नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

काठमाडौँ । पुस ७ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । सडकखण्डमा तुइन खोलामा पुल निर्माण पुस ७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले जनाएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाने...

नेपाल एयरलाइन्सको ५ वटा जहाज लिलामीमा

काठमाडौँ । नेपाल एयरलाइन्सले ५ वटा पुराना जहाज लिलामीमा राखेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको भन्दै सूचना जारी गरेको छ । यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् । यी जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै...

ट्याक्टर दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौँ । ट्याक्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । रुकुम पश्चिममा भएको दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् । आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ द १४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी आठबिसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर...