काठमाडौँ महानगरपालिकाका विद्यालयले अनुशासन इन्चार्ज राख्न नपाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुमा अनुशासन इन्चार्ज राख्न नपाइने भएको छ ।
अनुशासन इन्चार्जले विद्यार्थीहरुमा डर सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने गरेकोसमेत गुनासो प्राप्त भएसँगै महानगरले यस्तो निर्णय गरेको हो ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार विद्यालयमा राखिएका महानगरले विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न, नगराउन सूचित गरिएको हो ।
यसअघि शुक्रबार नै महानगरले चाडपर्वका नाममा अतिरिक्त पोशाक किन्न बाध्य नगराउन विद्यालयहरुलाई सूचित गरेको थियो ।
