कांग्रेस बागमती प्रदेशको सम्मेलन भोलि काठमाडौँमा हुने

तु खबर संवाददाता
२०८० पुष ६,शुक्रबार १८:१०

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशको सम्मेलन पुष ७ गते काठमाडौँमा आयोजना हुने भएको छ । आज पत्रकार सम्मेलनमार्फत् सो विषयमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस वागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले प्रदेश स्तरीय सम्मेलन भोलि पौष ७ गते शनिवार काठमाडौंमा हुने बताए ।

उनले सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले गर्ने जानकारी दिए ।

उनले भने, ‘नेपाली कांग्रेस वागमती प्रदेशको ऐतिहासिक प्रदेश सम्मेलन नेपाली कांग्रेसका शेरबहादुर देउवाजीको प्रमुख आतिथ्यता र नेपाली नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा २०८० साल पौस ७ गते शनिबार बिहान ८ः३० बजे समुद्घाटन हुनेछ ।’

कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।