नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

तु खबर संवाददाता
२०८० पुष ५, बिहीबार १५:१५
file photo

काठमाडौँ । पुस ७ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । सडकखण्डमा तुइन खोलामा पुल निर्माण पुस ७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले जनाएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन् । त्यस्तै मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् ।

यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्ने जनाइएको छ ।