समाचार

बसामाडी जेसीजको जेसीज सप्ताहव्यापी कार्यक्रम आजबाट

मकवानपुर । बसामाडी जेसीजको जेसीज सप्ताहव्यापी कार्यक्रम आजबाट हुने भएको छ । आफ्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह आजबाट सुरु हुने भएको जनाइएको हो । मंसिर २३ गतेसम्म संचालन हुने उक्त कार्यक्रम अन्तरगत विभिन्न सात वटा कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो । बसामाडी जेसीज बर्ष २०२३ का तालिम...

बागमतीमा डेंगु सक्रमितको संख्या ११ हजार नाघ्यो

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । प्रदेशको १३ जिल्लामा गरी डेंगु संक्रमितको कुल संख्या ११ हजार ३२८ जना पुगेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशमा १ जनवरी २०२३ देखि हालसम्ममा सो संख्यामा डेंगु संक्रमित फेला परेको हो । तीमध्ये सबैभन्दा धेरै संक्रमित...

सीपमूलक तालिम संचालन गर्दै भीमफेदी गाउँपालिका

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले विभिन्न सीपमूलक तालिम संचालन गर्ने भएको छ । पालिकाले युवालाई लक्षित गरेर विभिन्न तालिम गर्ने गर्ने भएको हो । पालिकाले स्थानीय युवालाई स्वरोजगार बनाउने, सीप सिकाउने भन्दै आधारभूत मोबाइल रिपेयरिङ, जेन्स हेयर कटिङ विकास तालिम, गार्मेन्ट सीप विकास तालिम र वर्कसप विकास तालिमको आयोजना...

मकवानपुरका पत्रकार श्रेष्ठलाई मातृशोक

मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय प्रतिनिधि एवम् मकवानपुरका पत्रकार सुर्वणलाल श्रेष्ठलाई मातृशोक परेको छ । उनकी माता मदनदेवी श्रेष्ठको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मुटु रोगबाट पीडित उनको हेटौंडास्थित आफ्नै निवासमा बिहान पौने ६ बजेको समयमा निधन भएको हो ।...

मकवानपुरका मोक्तानसहित दुई जना पक्राउ

मकवानपुर । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा काठमाडौंबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मकवानपुरका एकसहित दुई जनालाई काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भूस्थित सडकखण्डबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ घर भई हाल हाल काठमाडौं थानकोट बस्ने ४५ वर्षीय...

यस्तो रहनेछ आजको मौमस

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, आँधीको प्रभावले हाल कोशी र मधेस प्रदेशका साथै देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखिमौसम सामान्यतया सफा...

हेटौंडाका तीन स्थानमा हिंसाविरुद्ध सचेतना

मकवानपुर । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिकाको विभिन्न तीन स्थानमा प्रशिक्षण तथा सडक नाटक प्रदर्शन गरिएको छ । हेटौंडा उपमहागरपालिकाले नगरको ३, १३ र १६ नम्बर वडामा सचेतनामुलक प्रशिक्षणसहित सडक नाटक प्रदर्शन गरेको हो । कार्यक्रम अन्तरगत मंगलबार हेटौंडा–३ बसामाडीमा आयोजित लैड्डिक हिंसाविरुद्धको प्रशिक्षणमा अधिवक्ता मनप्रसाद...

मानव र वन्यजन्तुबीचको आन्तरिक द्वन्द्व न्यूनिकरण विषयमा अन्तरक्रिया

मकवानपुर । मकवानपुरको मनहरीमा मंगलबार मानव र वन्यजन्तुबीचको आन्तरिक द्वन्द्व न्यूनिकरण विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम मनहरी गाउँपालिका वडा नम्वर ६ को आयोजनामा भएको हो । कार्यालयले चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु र मध्यवर्ती वन समितीका पदाधीकारीहरुबीच अन्तरक्रिया कार्यक्रम गरेको हो । वडा कार्यालय भवनमा भएको उक्त...

राष्ट्र बैंकको नाफा साढे ८७ अर्बभन्दा माथि

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई गत आर्थिक वर्षमा साढे ८७ अर्बभन्दा माथिको नापा भएको छ । आर्थिक वर्ष (आव) २०७९/०८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार नाफा भएको बैंकले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६१ अर्ब ९८ करोड ७ लाख १३ हजार नाफा कमाएकोमा...

एकीकृत समाजवादीद्वारा विधान हेरफेर गर्न कार्यदल गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीद्वारा विधानमा हेरफेर गर्न कार्यदल गठन गरिएको छ । सो पार्टीले आगामी माघ १४ र १५ गते हुने राष्ट्रिय सम्मेलनमा विधानबारे छलफल गरिने भएकाले त्यसका लागि गृहकार्य गर्न कार्यदल गठन गरिएको हो । कार्यदलको संयोजकमा संगठन विभाग प्रमुख समेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसाल रहेको...