समाचार
आगो ताप्ने क्रममा घर जल्दा पुरुषको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा आगो ताप्ने क्रममा घर जल्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार, सोमबार साँझ घरभित्र आगो बालेर ताप्ने क्रममा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा...
एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी रहने
काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी रहेनछ । सोमबार सुरु भएको सचिवालय बैठक आज पनि जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी कार्यालयमा बस्ने भएको हो । यसअघि...
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको केही प्रदेशमा हल्का वर्षाको सम्भाजना रहेको जनाएको छ । महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रही देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो । यस्तै, महाशाखाका अनुसार,...
आज विश्व माटो दिवस मनाइँदै
काठमाडौं । आज १० औं विश्व माटो दिवस मनाइँदै छ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने नाराका साथ आज माटो दिवस मनाइने भएको हो । ‘विश्व माटो दिवस २०२३’ सो अवसरमा माटोमध्ये उत्कृष्ट तथा मलिलो माटोको २ जना किसानलाई सम्मान गरिने भएको छ । देशको विभिन्न जिल्लाबाट ३...
अवैध सुनचाँदी र नगदसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । काभ्रेपलान्चोकबाट प्रहरीले अवैध सुनचाँदी र नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार राति भारतको महाराष्ट्र घर भई हाल बनेपा नगरपालिका–७ बिकुटोलमा बस्ने ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट बिल...
टिकटक बन्द गर्ने निर्णयविरुद्धका रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ । सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तोकेको थियो । उक्त निर्णयविरुद्ध १४ रिट दर्ता भएको थियो । न्यायाधीश विनोद शर्माको इजलासले मंसिर १५ भित्र टिकटक...
विप्लवविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसहित उच्च नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मङ्सिर...
हेटौंडामा एक घरमा आगलागी, ६ लाखको क्षति
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीसारास्थित एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय मानबहादुर घलानको एक तल्ले कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा सो रकम बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार,...
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा घर भएर हाल काठमाडौँ बस्ने ४३ वर्षीय सुस्माकुमारी खड्का रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खड्काले राजु शाहीलाई पोर्चुगलको होटलमा वेटरमा काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलब...
भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार दिइने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितलाई अस्थायी आवास निर्माणको लागि एकमुस्ट ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संचारकर्मीहरुसँग कुराकानी गर्दै जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि सो रकम उपलब्ध गराइने घोषणा गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित...









