अवैध सुनचाँदी र नगदसहित भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर १९, मंगलवार ०८:४८
सांकेतिक तस्बिर

काठमाडौं । काभ्रेपलान्चोकबाट प्रहरीले अवैध सुनचाँदी र नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार राति भारतको महाराष्ट्र घर भई हाल बनेपा नगरपालिका–७ बिकुटोलमा बस्ने ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट बिल नभएको सुन २० तोला, चाँदी १६२ तोला, श्रोत नखुलेको नगद पाँच लाख ७६ हजार १३५ र बाइस हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।