एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी रहने
काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि जारी रहेनछ । सोमबार सुरु भएको सचिवालय बैठक आज पनि जारी रहने भएको हो ।
बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार, बैठक पार्टी कार्यालयमा बस्ने भएको हो ।
यसअघि सोमबार बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस र मदन–आश्रित स्मृति दिवस जेठ ३ गते महाधिवेशन गर्ने गरी नयाँ मिति प्रस्ताव भएको थियो ।
‘महाधिवेशन सार्न प्रस्ताव आएको छ । आज बस्ने बैठकले त्यसबारे निर्णय गर्ने उनको भनाई छ ।
यसअघि माघ १४ गतेबाट महाधिवेशन सुरू गर्ने निर्णय गरेको थियो ।
