समाचार

शेयर बजार ओरालो लाग्यो

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से १४ दशमलव ४७ अंकले घट्दा १८३३ दशमलव३३ को विन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २९१ कम्पनीको ४४ लाख ६१ हजार ७३४ कित्ता शेयर खरिदबिक्रि भएको छ भने १ अर्ब...

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड गरिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो । कम्पनीका अनुसार, उक्त आईपीओको लागि परेको कूल आवेदकमध्ये १ लाख १४ हजारले सेयर पाएका छन् । आईपीओमा १३ लाख ४० हजार १९९ आवेदन परेको थियो...

टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट निवेदन ‘हेर्न नभ्याइने’

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन हेर्न नभ्याइनेमा राखिएको छ । उक्त रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइका लागि मंगलबार पेसी तोकिएको भएपनि हेर्न नभ्याइने सूचीमा राखिएको हो । सो रिट निवेदनका सम्बन्धमा सुनुवाइ गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेसी...

खुकुरी प्रहार गरी छिमेकीको हत्या, राई पक्राउ

सुनसरी । सुनसरीमा खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ शान्तझोडा बस्ने ४० वर्षीय सन्तोष राई रहेका छन् । स्थानीय ७० वर्षीया मधुमाया पुरीको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, आफ्नै घर...

प्रहरीद्वारा १४ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले १४ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको टोखा नगरपालिका र काठमाडौं महानगरपालिकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले टोखा नगरपालिका–३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले तार्केश्वर नगरपालिका–७ बस्ने नुवाकोट बेलकोटगढी...

एकीकृत समाजवादीको महाधिवेशन जेठमा गर्ने निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशन जेठमा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो । उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार, बैठकले आगामी २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि सो...

गाजामा मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजा । इजरायल–हमास युद्ध सुरु भएपछि गाजामा मृत्यु हुनेको संख्या झण्डै १६ हजारको हारहारीमा पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्ध सुरु भएपछि गाजामा सो संख्यामा मृत्यु भएको जानकारी गराएको हो । मन्त्रालयका अनुसार, गाजामा १५ हजार ८९९ जनाको मृत्यु भएको हो । तीमध्ये ७० प्रतिशत महिला र...

बेपत्ता स्वास्थ्यकर्मी चार दिनपछि मृत भेटिए

सिमकोट । घरबाट बेपत्ता भएको सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृत अवस्थामा भेटिएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्वर ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेरा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शुक्रबारबाट बेपत्ता भएको उनी चार दिनपछि सोमबार घरभन्दा आधा घण्टा...

विभिन्न पाँच कम्पनी कालोसूचीमा

काठमाडौं । नेपालमा रहेको विभिन्न पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । उक्त कार्यालयले एउटा कम्पनी ३ वर्षसम्मका लागि, एउटा २ वर्षसम्मका लागि र अरु तीन कम्पनी १ वर्षसम्मका लागि कालोसूचीमा...

जसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजबाट सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण आजबाट सुरु हुने भएको छ । प्रशिक्षण रुपन्देहीको श्रीलंका गेष्ट हाउसमा हुने भएको हो । तीन दिनसम्म संचाmन हुने प्रशिक्षणमा पार्टीका शीर्ष नेतादेखि अन्य विषय विज्ञहरुले प्रशिक्षण दिनेछन् । सो प्रशिक्षणमा लुम्बिनी प्रदेशअन्तर्गतका कार्यकारिणी समिति सदस्य, प्रदेश समिति, राष्ट्रिय...