टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिट निवेदन ‘हेर्न नभ्याइने’

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन हेर्न नभ्याइनेमा राखिएको छ ।
उक्त रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइका लागि मंगलबार पेसी तोकिएको भएपनि हेर्न नभ्याइने सूचीमा राखिएको हो ।
सो रिट निवेदनका सम्बन्धमा सुनुवाइ गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
तर, इजलासले टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध परेको सबै रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।
गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।