टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी

तु खबर संवाददाता
२०८१ भाद्र ६,बिहीबार १६:१३
file-photo

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

आज बिहीबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव लैजाने तयारी भएको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्ने गरी आह्वान गरिएको छ ।

यसअघि टिकटकले सञ्चार मन्त्रालयलाई प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत वर्ष २७ कात्तिकको मन्त्रिपरिषदमा निर्णय गरेर टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।