अमेरिकामा टिकटक बन्द

काठमाडौं । अमेरिकामा टिकटक बन्द भएको छ । चिनियाँ कम्पनीले सञ्चालन गरेको सामाजिक सञ्जाल टिकटक अमेरिकामा चल्न छाडेको हो ।
सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको जनाइएको छ ।
एप्लीकेशन खोल्दा टिकटक अहिले उपलब्ध नभएको र अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाइएकाले टिकटक प्रयोग गर्न नसक्ने सन्देश आउन थालेको न्यूयोर्कबाट सञ्चालित खसोखास डटकममा प्रकाशित समाचारमा उल्लेख छ ।