टिकटक बन्द गर्ने निर्णयविरुद्धका रिटमा आज सुनुवाइ हुँदै

तु खबर संवाददाता
२०८० मंसिर १९,मंगलवार ०८:४२
file-photo

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ ।

सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तोकेको थियो ।

उक्त निर्णयविरुद्ध १४ रिट दर्ता भएको थियो । न्यायाधीश विनोद शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।