एकीकृत समाजवादीको महाधिवेशन जेठमा गर्ने निर्णय

तु खबर संवाददाता
२०८० मंसिर १९,मंगलवार १५:२४

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशन जेठमा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार, बैठकले आगामी २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि सो पार्टीले माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय थियो ।

त्यस्तै सो पार्टीले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।

त्यसअघि मंसिर २८ र २९ सचिवालय बैठक, पुस ९ स्थायी कमिटी, १० गते पोलिटब्युरो ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।