मकवानपुरका मोक्तानसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर २०, बुधबार ०८:४२

मकवानपुर । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा काठमाडौंबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरका एकसहित दुई जनालाई काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भूस्थित सडकखण्डबाट मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ घर भई हाल हाल काठमाडौं थानकोट बस्ने ४५ वर्षीय ज्ञानबहादुर मोक्तान र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ का ४५ वर्षीय शेरबहादुर वाईबा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरुले नम्बर प्लेट परिवर्तन गरि चलाएको २२० सिसिको पल्सर दुई थान मोटरसाइकल समेत बरामद भएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।