कांग्रेसको गगन–शेखर पक्षको भेला सुरु

तु खबर संवाददाता
२०८० मंसिर २७, बुधबार १८:२४

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरिएको हो ।

भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी छन् ।

भेलामा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि लामो समयदेखि यो समूहको यस प्रकृतिको भेला हुनसकेको थिएन । गत वर्षको माघमा पनि संस्थापनइतर समूहले यस्तै भेला आयोजना गरेको थियो ।