कमानेमा सडक महोत्सव हुने
हेटौंडा । हेटौंडामा सडक महोत्सव हुने भएको छ । स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने उदेश्यका साथ हेटौँडा ८ कमानेमा महोत्सव हुन लागेको आयोजक समितिले जनाएको छ ।
“कमानेको खाऔं, कमानेलाई चिनौं” भन्ने नारा सहित पुस ६ र ७ गते महोत्सव हुन लागेको र ७० वटा स्टल रहने जनाइएको छ ।
सडक महोत्सव आयोजक समितिका संयोजक बिष्णुप्रसाद अर्जेलले महोत्सवले कमाने क्षेत्रको पहिचान बढ्ने बताए ।
वडामा रहेका १९ टोल विकास सस्थामा आवद्ध रहेका महिला उद्यमीले उत्पादन गरेको स्थानिय बस्तुलाई बजारीकरणमा महोत्सवले मद्दत गर्ने उनको भनाई रहेको थियो ।
कमानेको निम चौक देखी सागर चौक सम्मको करिब १८० मिटर क्षेत्रमा हुने महोत्सवलाई हेटौँडा उपमहानगरपालिका सहित विभिन्न संघसस्थाले सहयोग गर्ने आयोजकको भनाई छ ।
