१० दिनदेखि हराइरहेका बालक मृत फेला

तु खबर संवाददाता
२०८० पुष २, सोमबार १५:३४
सांकेतिक तस्वीर

काठमाडौँ । १० दिनदेखि हराइरहेका बालक मृत फेला परेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका ६ वर्षका बालक जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मंसिर २२ गते घरबाट हराएका बालकलाई खोज्ने क्रममा घर नजिकैको गगनगैरा भन्ने जंगलमा मृत अवस्थामा फेला परेका थिए ।

बालक जंगलमा मृत फेला परे पश्चात थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।
बालकको घर नजिकै जंगल रहेको प्रहरीले जनाएको छ । बालक दृष्टिविहीन रहेका थिए ।