मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
मकवानपुर । जिल्लाको बागमती गाउँपालिका वडा नम्बर–८ साततलेमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ४२ वर्षीय अमर पाख्रिन रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार राति बगरचोकबाट साततले तर्फ फर्कने क्रममा बागमती प्रदेश ०३– ००२ प ३२६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पाख्रिन गम्भीर घाइते भएका थिए ।
उनको उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
