लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए सपथ

तु खबर संवाददाता
२०८० पुष ८, आईतवार १७:१७

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।

शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।

केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
केसी बाँके क्षेत्र नम्बर १ र थापा प्युठान प्रदेशसभा २ बाट विजयी भएका हुन् ।

लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका थिए । थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ ।