नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाइएको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिए पनि सत्ता गठबन्धनले भागबन्डा गरिसकेको छैन ।
एमालेले भने चुनाव हुन लागेका सबै १९ सिटमै उम्मेदवार दिने तयारी गरिसकेको छ ।
