सिन्धुपाल्चोकमा ४.६ म्याग्निच्युडको भूकम्प मापन
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको तिनकुण्ड आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प बिहान १० बजेर १७ मिनेटमा गएको थियो ।
भूकम्पले पुर्याएको क्षतिको विवरणबारे जानकारी आइसकेको छैन ।
