मकवानपुरगढीमा सवारी दुर्घटना हुँदा पाख्रिनको मृत्यु

तु खबर संवाददाता
२०८० पुष २७, शुक्रबार ०९:४५
सांकेतिक तस्वीर

मकवानपुर । जिल्लाको मकवानपुरगढीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे निवासी २२ वर्षीय सुकदेव पाख्रिनको मृत्यु भएको हो ।

विहिबार राति १२ः३० बजे मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ बाँदरखोल्सीस्थित भित्रि सडकखण्डमा लेनडाँडाबाट बादरखोल्सीतर्फ जाँदै गरेको बा.प्र–०३–००१ ख १४८९ नम्बरको ट्रिपर आफैँ अनियन्त्रित भई रोडबाट करिब १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी घाइते भएका ट्रिपर चालक पाख्रिनलाई उपचारको लागि हेटौँडा अस्पतालतर्फ पठाइएको थियो । हेटौँडा अस्पतालमा उपचारको क्रममा उनको राति २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।