थाहा पाउनुहोस् आजको मौसम
मकवानपुर । नेपालमा आज पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जनाइएको छ । आज पश्चिमी वायुको आंशिक प्रभाव रहने छ ।
आज विहान तराईका अधिकांश स्थानहरूमा हुस्सु्÷कुहिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सोमबार र मंगलबार भने देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
