एमाले थाहा नगरको अधिवेशन फागुन २८ गते हुने
मकवानपुर । नेकपा एमालेको थाहा नगर कमिटीको अधिवेशन फागुन २८ गते हुने भएको छ ।
शनिबार पालुङमा सम्पन्न नगर कमिटीको पूर्ण बैठकले अच्युतमप्रसाद ढकालको संयोजकत्वमा एक सय ५ सदस्यीय अधिवेशन आयोजक कमिटीसमेत गठन गरेको छ ।
केन्द्रीय पोलिटब्यूरो सदस्य एवं मकवानपुर इञ्चार्ज देवी ज्ञवालीको प्रमुख आतिथ्यता तथा नगर अध्यक्ष ढकालको अध्यक्षतामा भएको बैठकले माघ पहिलो हप्ताभित्र सबै वडाहरुको बैठक, माघ २१ गतेभित्र सदस्यता नविकरण, फागुन ८ र ९ गते आवशीय प्रशिक्षण, फागुण १५ गतेभित्र सबै वडाहरुको अधिवेधन तथा प्रतिनिधि छनौट गर्ने निर्णय पनि गरेको छ ।
बैठकको अवसरमा प्रमुख अतिथि ज्ञवालीले पार्टीभित्र देखा परेको समस्यालाई चिरेर अघि बढे अर्को निर्वाचनमा गठबन्धनलाई पछार्न सकिने बताए ।
