आधा किलो सुनसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ ७, आईतवार १३:५३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट ४९९ ग्राम सुनसहित एक व्यक्ति पक्राउ परेका छन् ।

दोहा हुँदै काठमाडौं आएका झापाका खगेन्द्र दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए ।

बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत छ । अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यसलाई सशस्त्र प्रहरी परिचालन पछिको सफलता ठानिएको छ ।