दाङमा रात्रि बस दुर्घटना, दुईको मृत्यु
दाङ । दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति रात्रि बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ –०१००५ ख ९७१९ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरी रहेका छन् । दुर्घटनामा परेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त बसमा ४७ जना सवार थिए । दुर्घटनामा परेर दुई जना घाइते भएकाछन् भने अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।
मृतक दुबैको शवलाई लमही अस्पतालमा राखिएको छ ।
