७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

तु खबर संवाददाता
२०८० माघ ९, मंगलवार ०८:४०

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, देवीडाँडास्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार न्यानो कपडा वितरण गरिएको छ ।

हेटौंडा बजार लायन्स क्लबका अध्यक्ष रोशन खनालको प्रायोजनमा उक्त विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

मकवानपुरगढी–३ का वडअध्यक्ष भागवत घिमिरेले सहयोगका लागि आग्रह गरेपछि आफुहरुले सक्दो सहयोग गरेको अध्यक्ष खनालले बताए ।

यस्तै, सो क्रममा शिक्षकलाई डायरी र पेन पनि हस्तान्तरण गरिएको थियो ।

कपडा वितरण कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु, क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।