शेयर बजारमा गिरावट

तु खबर संवाददाता
२०८० माघ ८, सोमबार १७:०१

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा गिरावट आएको छ । गत साताको बुधबारदेखि नै घट्न थालेको नेप्से परिसूचक आज पनि घटेको हो ।

गत साताको बुधबार १२ अंकले घटेको नेप्से बिहीबार ७ अंकले घटेको थियो । यस्तै, हिजो आइतबार २५ अंकले घटेको परिसूचक आज ३१ अंकले घटेको हो ।

शेयर कारोबार घटेको दिन कारोबार रकम समेत घटेको छ । दैनिक ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको सेयर बजारमा आज ६ अर्ब ३६ करोडको कारोबार भएको छ ।

यसक्रममा आज १ करोड ८० लाख कित्ता सेयर किनबेच भएको छ । ३६ कपनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको मूल्य घटेको छ ।