भिजिट भिसालाई सहज बनाउने सरकारको निर्णय
काठमाडौं । नेपाल सरकारले भिजिट तथा पर्यटकीय भिसालाई सहज बनाउने निर्णय गरेको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै सरकारले सो निर्णय गरेको हो ।
सरकारले यसअघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णयलाई गृहमन्त्रीस्तरीय निर्णयबाट खारेज गर्दै नयाँ कार्यविधि जारी गरेको हो ।
नयाँ कार्यविधिमा अब घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरुलाई रकम बुझाएर विदेश यात्रा गर्नु नपर्ने उल्लेख गरिएको छ । साथै भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्न सरकारले सबैमा अनुरोध गरेको छ ।
भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य रुपमा नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्न समेत भनिएको छ ।
