कांग्रेस नेतृ पोखरेलको निधन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको निधन भएको छ ।
पोखरेलको १ सय २ वर्षको उमेरमा आज बिहान ४ बजे काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।
उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भएकी थिइन् । उनी गोवर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक थिइन् ।
२००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनामा उनको योगदान थियो । उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन् ।
मृतक पोखरेल स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलकी पत्नी हुन् ।
