८० किलो गाँजासहित दुई पुरुष पक्राउ

तु खबर संवाददाता
२०८० माघ ९, मंगलवार १५:१४
सांकेतिक तस्बिर

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका–६ नहरचोकबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित सोमबार दुई पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीले करिब ८० किलो लागूऔषध गाँजासहित धरान उपमहानगरपालिका–११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राईलाई पक्राउ गरेको हो ।

उनीहरुलाई अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, रासिबाट भारततर्फ जाँदै गरेको को.१ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको विभिन्न भागमा लुकाई राखेको उक्त परिमाणको गाँजा बरामद भएपछि चालक कुमार र अटोमा सवार राम बहादुरलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।