समाचार

निरन्तर महङ्गीदै सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ५३५...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहँदै एक डलरको खरीदमूल्य १४२.८४ रुपैयाँ र बिक्रीमूल्य १४३.४४ रुपैयाँमा कायम रहेको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९३.५६ रुपैयाँ र बिक्रीदर ९३.९५ रुपैयाँ, १० जापाजिन येनको खरीददर ९.१५ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ र एक कतारी...

मंसिर २० बाट हेटौंडा सडक विस्तार निश्चित: ५३१ संरचना हटाउने तयारी

काठमाडौं । हेटौंडा बजार क्षेत्रको लामो समयदेखि अल्झिएको सडक विस्तार कार्य यसपालि मंसिर २० गते बाट सुरु हुने निश्चित भएको छ। डिभिजन सडक कार्यालय हेटौँडाले रातोमाटेदेखि बुद्धचोक राप्ती पुल हुँदै सामरी पुलसम्म २५/२५ गज सीमाभित्र पर्ने करिब ५३१ वटा घर-टहरा हटाउनका लागि सम्पूर्ण तयारीलाई अन्तिम रूप दिएको छ। सर्वोच्च...

रास्वपा र विवेकशील साझा पार्टी एकता घोषणा, सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक एकता घोषणा गरिएको छ। आइतबार राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा दुई दलबीच एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरण प्रक्रिया सार्वजनिक गरिएको हो। रास्वपातर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र नेता डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरे भने विवेकशील साझा पार्टीतर्फ...

दोहोरो अंकले घट्यो नेप्से, नाफा बुक की मौद्रिक नीति समीक्षाको प्रभाव

काठमाडौँ । पाँच दिन लगातार हरियालीमा देखिएको शेयर बजार आइतबार राताम्य भएको छ । बजारमा दोहोरो अंकले गिरावट आएको हो । केही दिन लगातार बजार बढेको भएपछि नाफा बुक गर्ने उद्देश्यका साथ लगानीकर्ता सक्रिय भएपछि बजार घट्न पुगेको विश्लेषकहरूको भनाइ छ । यसलाई सामान्य करेक्सनको रूपमा लगानीकर्ताहरूले बुझिरहेका छन्...

चार वर्ष लामो विभाजनपछि एनआरएनए एकताबद्ध

काठमाडौँ । नेपालको गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र पछिल्ला चार वर्षदेखि चलेको आन्तरिक कलह र विभाजन अन्त्य गर्दै आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता घोषणा गरिएको छ। यो एकता १०औँ महाधिवेशनबाट सुरु भएको सदस्यता विवाद र त्यसपछिका कानुनी लडाइँको परिणाम स्वरूप विभाजित भएका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको...

महङ्गीयो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँ पुगेको छ । यता, चाँदीको पनि तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ४९० रुपैयाँ पुगेको...

नार्कका ११ कर्मचारी सम्पर्कविहीन सेवाबाट हटाउने चेतावनी

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले अध्ययन बिदामा गएर लामो समयदेखि काममा नफर्केका ७ वैज्ञानिकसहित ११ कर्मचारी माथि कडा कारबाही प्रक्रिया अघि बढाएको छ। परिषद्ले ती कर्मचारीहरूलाई सात दिनभित्र कार्यालयमा उपस्थित भई चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ। अनुपस्थित हुने वैज्ञानिकहरूमा अच्युत मिश्र, नवीनकुमार...

शरण खोज्नेहरुलाई प्रवेश दिन राष्ट्रसंघको आग्रह

न्युयोर्क । संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालयले अमेरिकामा शरण खोज्नेहरुलाई प्रवेश दिन र उनीहरुलाई कानुनी प्रकृयामा सामेल हुन दिन अनुरोध गरेको छ । मानव अधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले अमेरिकामा एसाइलम खोज्नेहरु अन्तर्राष्ट्रिय कानून अन्तर्गत सुरक्षाको हकदार भएको बताएका छन् ।साथै  उनीहरुका लागि अमेरिकाले उचित कानुनी प्रक्रिया दिनुपर्ने समेत...

एनआरएनए कोरियाका पूर्व अध्यक्ष पुनलाई मानार्थ नागरिकता

सिओल ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया शाखाका पूर्व अध्यक्ष तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य दीपक पुनलाई कोरियाको सिओल महानगरपालिकाले मानार्थ नागरिकता प्रदान गरेको छ। केही दिनअघि सिओल सिटीहलमा आयोजित विशेष समारोहमा सिओलका मेयर ओ से–हुनले उनलाई सिओलवासीहरूको प्रतिनिधि भन्दै मानार्थ नागरिकता हस्तान्तरण गरेका हुन् । यसअघि...