समाचार
सहिद स्मारक प्रिमियर लिग–सिजन १ हुँदै
मकवानपुर । वागेश्वरी टोल विकास संस्थाको आयोजनामा यही मंसिर २० गतेबाट हेटौँडा ११ मा सहिद स्मारक प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताको तयारी स्वरुप आयोजक समितीले शनिबार हेटौंडामा खेलाडीहरूको अक्सन गरेको छ । टोल विकास संस्थाका खेल संयोजक सुदिप श्रेष्ठको अध्यक्षतामा भएको खेलाडी अक्सन कार्यक्रममा...
लगातार हारको अन्त्य, लुम्बिनी लायन्सको दोस्रो जीत
काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा दोस्रो जित हात पार्दै लगातार हारको श्रृङ्खलामा पूर्णविराम लगाएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्दै महत्वपूर्ण अंक जोडेको हो । पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याउँदै लुम्बिनीले...
हङकङको आवासीय क्षेत्रमा भीषण आगलागी : ९४ को मृत्यु, सयौं बेपत्ता
काठमाडौँ । हङकङको ताई पो क्षेत्रमा बुधबार राति भएको भीषण आगलागीमा कम्तीमा ९४ जनाको ज्यान गएको छ भने ७६ भन्दा बढी घाइते भएका छन्। आगोले आठ भवनमध्ये सात वटा आवासीय टावरलाई समेटेपछि घटना अत्यन्तै भयावह बनेको अधिकारीहरूले बताएका छन्। आगो अब पूर्णरूपमा नियन्त्रणमा आइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि...
लामो विवाद अन्त्यतिर, एनआरएनए एकताबद्ध हुँदै
काठमाडौँ । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तत : एकताबद्ध हुने दिशामा अघि बढेको छ। लामो समयदेखि महेशकुमार श्रेष्ठ र डा. बद्री केसी नेतृत्वका दुई फरक समितिहरू सञ्चालन भइरहेका अवस्थामा दुवै पक्षले १० बुँदे सहमति गर्दै एउटै संस्थाका रूपमा अगाडि बढ्न सहमति जनाएका छन्। आगामी आइतबार प्रधानमन्त्री निवास...
सुनको मूल्य २ लाख ५० हजार नाघ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँमा बढेर प्रतितोला तीन हजार ३४५...
आज चितवनसँग काठमाडौं र विराटनगरसँग कर्णाली याक्स भिड्दै
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको खेलमा ४ वटा टोलीहरू मैदानमा उत्रँदैछन्। आज पहिलो खेल चितवन राइनोज र काठमाडौं गोर्खाजबीच ११ बजेर ४५ मिनेटदेखि शुरू हुँदैछ भने दोस्रो खेल विराटनगर किङ्स र कर्णाली याक्सबीच अपरान्ह ४ बजेदेखि शुरू हुँदैछ। चितवन...
निर्वाचन सुरक्षामा सेना परिचालन राष्ट्रपतिद्वारा स्वीकृति
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै नेपाली सेना परिचालन गर्ने निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि सुरक्षा परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१औं बैठकले निर्वाचन सुरक्षा व्यवस्थाका लागि सेना...
पुँजी बजार निरन्तर रौनक : कारोबार समेत बढ्दै
काठमाडौँ । शेयर बजारले पछिल्लो एक साता निरन्तर उच्च स्तरको रौनक देखाएको छ । प्रथम त्रैमासिक वित्तीय विवरणको प्रतिक्षामा रहेका लगानीकर्ताहरू पर्ख र हेर को अवस्थामा थिए । तर वित्तीय विवरण सार्वजनिक हुन सुरु भएपछि बजारमा उतार–चढाव देखिन थाल्यो । यसैबीच, बैंकहरूले शेयर धितो कर्जामा आधार दरमा ब्याजदर घटाउन...
घट्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई ४८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला तीन हजार २८० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
हङकङको आवासीय कम्प्लेक्समा आगलागी :कम्तीमा ४४ को मृत्यु
काठमाडौं ।हङकङको एक विशाल आवासीय कम्प्लेक्समा अचानक लागेको भीषण आगलागीले कम्तिमा ४४ जनाको ज्यान लिएको छ भने २७० भन्दा बढी अझै बेपत्ता छन्। दोस्रो विश्वयुद्धपछिको सबैभन्दा घातक आगो मानिएको यो दुर्घटना २० घण्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन। घना जनसंख्या र कडा निर्माण मापदण्डका लागि...









