समाचार
सुदूरपश्चिम र लुम्बिनी भिड्दै, जनकपुर र पोखरा पहिलो जितको खोजीमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज दुई वटा खेल हुँदैछ। आज पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दैछ भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन्। खेल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ भने पहिलो खेल सुदूर र लुम्बिनीबीच बिहान ११...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ८ पैसाले बढेर खरीदमूल्य १४२.५४ रुपैयाँ र बिक्रीमूल्य १४३.१४ रुपैयाँ कायम भएको छ। यस दिन एक क्यानेडियन डलरको खरीददर १०१.१७ रुपैयाँ र बिक्रीदर १०१.६० रुपैयाँ, एक सिंगापुर डलरको खरीददर १०९.७४ रुपैयाँ र बिक्रीदर ११०.२१ रुपैयाँ र एक चाइनिज युआनको...
नेपाल-अमेरिका सहकार्य : ४०० केभी सबस्टेसन र प्रसारण लाइन निर्माण
काठमाडौं । एमसीए नेपालले न्यु बुटवल सबस्टेसन तथा १८ किलोमिटर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ। बुधबार नवलपरासीको सुनवल-१३ सूर्यबस्तीमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले संयुक्त रूपमा शिलान्यास गरे। एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको यो...
स्रोत नखुलेको ४ लाख रुपैयाँ सहित ५ जना पक्राउ
काठमाडौं । सर्लाही र सिराहामा गरी स्रोत नखुलेको ४ लाख २० हजार रुपैयाँ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको मलंगवा नगरपालिका–८ बाट १ लाख ९८ हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत सीतामढी सोनवर्षा–४ बस्ने ४६ वर्षीय दिलिप ठाकुर र...
इथियोपियामा आकस्मिक ज्वालामुखी विस्फोट
काठमाडौं ।उत्तरी इथियोपियामा रहेको लामो समयदेखि निष्क्रिय हाइली गुब्बी ज्वालामुखी आइतबार अचानक विस्फोट भई ठूलो मात्रामा खरानी र धुलो आकाशमा उछालिएको छ, जसको असर छिमेकी देशहरू हुँदै भारत र यूएईसम्म देखिएको छ। एर्टा एले ज्वालामुखी दायरामा पर्ने यो ढाल–ज्वालामुखीले करिब १२,००० वर्षपछि पहिलोपटक गतिविधि देखाएको हो। फ्रान्सको टुलुस भीएसीसी...
एनपीएलमा आज विराटनगर र चितवन आमनेसामने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको खेलमा विराटनगर किंग्स र चितवन राइजोन आमनेसामने हुँदैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने यो टोलीले दोस्रो संस्करणको तीन वटै खेलमा अपराजित रहँदै तालिकाको दोस्रो स्थानमा छ। यता...
ओलीलाई टक्कर दिन मैदानमा उत्रिने ईश्वर पोखरेलको घोषणा
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आउँदो ११औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका छन्। मंसिर अन्तिम साता तय भएको एघारौँ महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पुनः नेतृत्व कायम राख्ने तयारी गरिरहेकै बेला पोखरेलले सार्वजनिक रुपमा प्रतिस्पर्धामा उत्रने संकेत दिएपछि...
सिंहदरबार छिर्न खोजेको जेनजी समूहलाई प्रहरीद्वारा रोक
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र बुझाउन सिंहदरबार पुगेको जेनजी समूहलाई प्रहरीले मंगलबार रोक लगाएको छ। दिउँसो करीब १२ बजे सिंहदरबार गेटअगाडि जेनजीका नेता मिराज ढुंगानासहित ठूलो संख्यामा भीड जम्मा भएपछि प्रहरी टोलीले निषेधित क्षेत्र उल्लङ्घन गर्न खोजेको भन्दै समूहलाई त्यहाँबाट हटाएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका...
प्रतिनिधिसभा पुनर्स्थापनाकाे मागमा एमालेद्वारा सर्वोच्चमा रिट
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि एमालेले अदालत जाने निर्णय लिएको हो। एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पुनर्स्थापनासम्बन्धी रिट दर्ता प्रक्रिया सुरु भए पनि दर्ता औपचारिकरूपमा बाँकी रहेको...
बागमती करिडोरमा स्मार्ट बत्ती र आधुनिक सीसीटिभी जडान गरीने
काठमाडौँ । बागमती नदी करिडोरलाई रातमा उज्यालो र सुरक्षित बनाउने उद्देश्यले गोकर्णदेखि बल्खुसम्मको क्षेत्रभर स्मार्ट बत्ती तथा अत्याधुनिक सीसीटिभी जडान गर्ने तयारी तीव्र भएको छ। शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले फोहोरमैला व्यवस्थापन, अनधिकृत गतिविधि र सुरक्षा चुनौतीलाई नियन्त्रण गर्न हाइमास्ट स्मार्ट लाइटिङ सिस्टम र...









