समाचार
भट्टराई–शर्मा–परियार समूहको एकता, नयाँ पार्टी आज सार्वजनिक
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी आज (आइतबार) औपचारिक रूपमा घोषणा हुन लागेको छ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा–सुदन किराँती नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सन्तोष परियार समूहबीच एकता गरेपछि नयाँ पार्टी गठन प्रक्रिया अन्तिम चरणमा पुगेको हो।पार्टीमा समावेशी ढाँचाअनुसार...
आगामी दुवै निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ। शनिबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टी सहभागी हुने निर्णय गरेको हो। बैठकपछि महामन्त्री गगनकुमार थापाले दुवै निर्वाचन प्रयोजनका लागि नेपाली...
नयाँ बानेश्वरमा एमाले निकट युवाहरूको मार्चपास
काठमाडौं । नेकपा एमालेले गठन गर्न लागेको ‘नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)’ घोषणा कार्यक्रमलाई लक्षित गर्दै एमाले समर्थित युवाहरू शुक्रबार बिहानैदेखि विभिन्न स्थानमा भेला भएर मार्चपास थालेका छन्। नागरिक उड्डयन प्राधिकरणको कार्यालय अगाडि समेत ठूलो सङ्ख्यामा युवा भेला भएका छन्। पार्टीको नीति तथा नेतृत्वको सुरक्षा, जन–सहयोग, प्राकृतिक विपत्मा राहत–उद्धार तथा...
माइतीघरमा जेन–जी घाइतेहरूको धर्ना
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेर विरोध प्रदर्शन गरेका छन्। नेकपा (एमाले)ले पार्टीको नीति तथा नेतृत्वको सुरक्षाका लागि ‘नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)’ घोषणा गर्ने तयारी गरिरहँदा उनीहरूले त्यसको विरोधमा सडकमा उपस्थिति जनाएका हुन्। एमालेले आज अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बबरमहलस्थित...
शुक्रबार घट्यो सुनको मूल्य, कति पुग्यो प्रतितोला ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार...
एनपीएलमा आज सुदूरपश्चिम र पोखरा प्रतिस्पर्धा गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आजको खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। विराटनगर किङ्ससँग हारेको पोखरा पहिलो जितको खोजीमा छ भने काठमाडौंविरुद्ध जित निकालेको सुदूरपश्चिम दोस्रो जित निकाल्ने रणनीतिमा छ। सुदूरपश्चिम पहिलो संस्करणको उपविजेता टोली हो भने...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १९ पैसाले बढेर एक डलरको खरीददर १४१.६४ रुपैयाँ र बिक्रीदर १४२.२४ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९१.७६ रुपैयाँ र बिक्रीदर ९२.१५ रुपैयाँ, १० जापाजिन येनको खरीददर ९ रुपैयाँ र बिक्रीदर ९.०३ रुपैयाँ र एक...
धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई पठायो ३ बुँदे सिफारिस पत्र
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई ३ बुँदे सिफारिस पत्र पठाएको छ। आन्दोलनरत कर्मचारीको माग पूरा गर्न बोर्डको सञ्चालक समिति बैठकको निर्णयबाट तीन बुँदे सिफारिस पत्र पठाइएको हो । नियमित काममा रहे पनि कर्मचारीहरूले हालसम्म पनि कार्यालय परिसरमा एक घण्टा धर्ना भने दिइरहेका छन् । बोर्डले गत भदौ...
सिमरामा दोस्रो दिन पनि तनाव: जेन–जी युवाको प्रदर्शन
काठमाडौं । बाराको सिमरा क्षेत्रमा नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी युवाबीच भएको विवादपछि उत्पन्न तनाव बिहीबार पनि जारी रह्यो। बुधबार दिनभरै झडप र तनाव भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको थियो। बेलुकापछि अवस्था केही सामान्य बने पनि क्षेत्र पूर्ण रूपमा शान्त हुन सकेको थिएन। बिहीबार बिहान...
सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४३ हजार रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १८५ रुपैयाँ...









