समाचार

काठमाडौंमा दुर्गा प्रसाईँको पक्राउविरुद्ध समर्थकको प्रदर्शन

काठमाडौं। काठमाडौंमा दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको निर्णयको विरोधमा उनका समर्थक सडकमा ओर्लिएका छन्। उनीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगाडि जम्मा भएर नाराजुलुश प्रदर्शन गरिरहेका छन्। प्रहरी पर्याप्त संख्यामा परिचालन गरिएको छ भने प्रदर्शनकारीहरूले प्रसाईँलाई रिहा गर्न दबाब दिइरहेका छन्। मंसिर ७ बाट आन्दोलनको तयारीमा रहेका प्रसाईँले हिंसा र...

शेख हसिनालाई मृत्युदण्ड प्रकरणमा, भारतसँग सुपुर्दगीको माग

काठमाडौँ ।बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई २०२४ को विद्यार्थी विद्रोहका क्रममा «मानवता विरुद्धका अपराध» गरेको ठहर गर्दै ढाकास्थित विशेष न्यायाधिकरणले सोमबार मृत्युदण्ड सुनाएको छ। उनी भारतमा निर्वासनमा रहेकै बेला आएको यो फैसलाले आन्दोलनका बेला प्रहरी दमनबाट ज्यान गुमाएका परिवारमा राहत र खुशी ल्याएको बताइन्छ। हिंसा भड्काउने, हत्या गर्न...

पद्मकन्या कलेजको क्यान्टिनमा महानगरको छापा

काठमाडौँ । पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजनगृहमा खाद्य स्वच्छता अत्यन्त कमजोर देखिएको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा क्यान्टिनदेखि भोजनगृहसम्म आधारभूत स्वच्छता व्यवहारमै कमजोरी भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिए। वडा नम्बर २८, बागबजारमा पर्ने कलेज परिसरभित्रै衛 खाद्य सुरक्षासम्बन्धी...

एमाले विघटित संसदीय दलको बैठक आज दिउँसो

काठमाडौँ । नेकपा एमालेले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई संस्थागत रूपले अघि बढाउन आज दिउँसो संसदीय दलको महत्वपूर्ण बैठक बस्दैछ। विघटित प्रतिनिधिसभाका सांसदहरू समेत सहभागी हुने गरी बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा दिउँसो १ बजे सुरु हुनेछ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार २७ भदौमा प्रतिनिधि सभा विघटन...

पशुपतिक्षेत्रमा आजदेखि बाला चतुर्दशी मेला

काठमाडौँ । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिनदेखि दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने बाला चतुर्दशी मेला आजदेखि पशुपति क्षेत्रमा सुरु भएको छ। त्रयोदशीको बिहानैदेखि पशुपतिक्षेत्रमा भक्तजनको भीड जुट्दै गएसँगै पितृका नाममा बत्ती बाल्ने र दीपदान गर्ने धार्मिक विधि सुरु भएको छ। बेलुकी भक्तजनहरूले विधिपूर्वक बत्ती बालेर अखण्ड दीपदान बस्ने परम्परा...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४१.५२ रुपैयाँ र बिक्रीदर १४२.१२ रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९२.२१ रुपैयाँ र बिक्रीदर ९२.६० रुपैयाँ, १० जापानिज येनको खरीददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ र...

पूर्व प्रधानमन्त्री हसिनालाई ‘मानवता विरुद्ध’ अपराधमा मृत्युदण्ड

काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा मानवता विरुद्धको अपराध गरेको अभियोगमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई सोमबार मृत्युदण्डको सजाय सुनाएको छ । यसका कारण राजनीतिक वृत्तमा फेरी हसिना र बंगलादेश चर्चामा छ । भारतको नयाँ दिल्लीमा निर्वासनमा रहेकी...

पुँजी बजारको उतार–चढावले आत्तिदै लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा पछिल्लो समय उतार–चढाव निरन्तर जारी रहेको छ । केही दिनयता बजार सुस्त रहेको छ भने लगानीकर्ताको मनोबल पनि खुम्चिँदै गएको छ । बजार घट्दा डर र बढ्दा उत्साह हुने प्रवृत्तिका कारण सामान्य लगानीकर्ताले सतर्कता अपनाइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले आकर्षक लाभांश प्रस्ताव गरिरहे...

बढ्यो सुनको मूल्य, आज प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आव सुन प्रतितोला दुई लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार १५५ रुपैयाँमा आइपुगेको...

कर दिवस–२०८१: विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरू सार्वजनिक

काठमाडौँ । कर दिवसका अवसरमा आ.व. २०८०/०८१ को आय विवरणका आधारमा विभिन्न क्षेत्र तथा विधामा उच्चतम कर योगदान गर्ने करदाताहरूको सूची सार्वजनिक गरिएको छ। आन्तरिक राजस्व विभागले देशको कर प्रणालीमा उदाहरणीय भूमिका निर्वाह गर्ने उत्कृष्ट करदाताहरूको नाम यस वर्ष पनि घोषणा गरेको हो। सबैभन्दा धेरै आयकर तिर्ने निकायको रूपमा...