समाचार

चुनाव सफल पार्न सरकारलाई सहयोग गर्नुपर्ने नेता पुनको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले २१ फागुनमा निर्धारित निर्वाचन सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् । तिहार, नेपाल सम्वत र छठ लगायत वर्षका अवसरमा ललितपुरमा आयोजित चियापान कार्यक्रममा बोल्दै नेता पुनले निर्वाचन सफल पार्न सबैले सहयोग गर्नुपर्ने र यसका लागि आफ्नो पार्टी माओवादी...

राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए तिहारको टीका

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरूको हातबाट तिहारको टीका लगाएका छन् । बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट साइतमै तिहारको टीका लगाएका हुन् । राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।  

आज देशैभर हर्षोल्लासका साथ भाइटीका मनाइयो

काठमाडौं । आज कार्तिक ६ गते यमपञ्चकको अन्तिम दिनका रूपमा देशभर भाइटीका पर्व मनाइयो । नेपालीहरूको महान् चाड तिहारको समापनका रूपमा आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै टीका तथा माला लगाइदिने परम्परा भएकाले सोही अनुसार दिदी बहिनीहरुले आफ्ना दाजुभाइहरुलाई भाइटीका लगाइदिए । नेपाल पञ्चाङ्ग निर्णायक...

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइयो । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म...

गृहमन्त्रीले मसँग दुस्मनी लिन खोजिरहनु भएको छः ओली

काठमाडौं । नेकपा एमाले काअध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुस्मनी लिइरहेको आरोप लगाएका छन् । बुधबार जेनजी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । सरकारले आन्दोलन क्रममा आपराधिक...

ओलीले गरे आगजनी भएको बालकोटको घर अवलोकन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटस्थित आफ्नो घरको आज अवलोकन गरेका छन् । जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते उनको घमा समेत आगजनी भएको थियो । घर आगजनी भएपछि डन्डुस्थित भाडाको घरमा बस्दै आएका निवर्तमान प्रधनमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष ओली आज...

आज यमपञ्चकको चौथो दिन, गाई तिहार मनाइँदै

काठमाडौं । आज कार्तिक ५ गते यमपञ्चक अर्थात् तिहार पर्वको चौथो दिन देशभर गाई तिहार र गोरु हर्षाेल्लासका साथ मनाइँदैछ। यो दिनलाई हिन्दु धर्मावलम्बीहरूले गाई र गोरुप्रति सम्मान प्रकट गर्ने विशेष अवसरका रूपमा मनाउँछन्। यस दिन बिहान गाईलाई देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरिन्छ। गाईलाई फूलमाला, अक्षता, दुध, दही,...

सानाए ताकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

काठमाडौं। जापानको संसदले मंगलबार सानाए ताकाइचीलाई देशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको छ। राजनीति र कार्यस्थलमा वृद्ध पुरुषहरूको प्रभुत्व रहेको जापानजस्तो पितृसत्तात्मक देशका लागि यो एक ऐतिहासिक क्षण हो। आर्थिक समस्या र विभाजित राजनीतिले ग्रस्त जापानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्धारित भ्रमणको केही दिनअघि नै ताकाइचीले यो जिम्मेवारी...

राष्ट्रिय सम्मानका साथ विपिनको महाकालीमा गरियो अन्त्येष्टि

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूहले बन्धक बनाएको अवस्थामा मारिएका कञ्चनपुरका विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएका छन् । अन्त्येष्टिअघि विपिनको शवयात्रा निकालिएको थियो। शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका इजरायली प्रतिनिधिको टोली,आफन्त र स्थानीयको बाक्लो उपस्थिति रहेको...

निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्की र दलबीच आज बालुवाटारमा छलफल

काठमाडौं। निर्वाचन तयारीलाई अघि बढाउने उद्देश्यले प्रधानमन्त्री कार्कीले आज मंगलबार दिउँसो ४ बजे राजनीतिक दलका नेताहरूसँग बालुवाटारमा महत्वपूर्ण छलफल गर्न लागेकी छन्। यो छलफलमा विघटित संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त सात दलका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशील‍ा कार्कीको...