यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

तु खबर संवाददाता
२०८२ पुष १६, बुधबार ०९:५६
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४३.३७ रुपैयाँ र बिक्रीदर १४३.९७ रुपैयाँ रहेको छ।

त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९६.११ रुपैयाँ र बिक्रीदर ९६.५१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ र एक यूएई दिरामको खरीददर ३९.०४ रुपैयाँ र बिक्रीदर ३९.२० रुपैयाँ तोकिएको छ।

त्यसैगरी एक मलेसियन रिंगिटको खरीदमूल्य ३५.४३ रुपैयाँ र बिक्रीमूल्य ३५.५७ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.९४ रुपैयाँ र बिक्रीमूल्य ९.९८ रुपैयाँ र एक कुवेती दिनारको खरीदमूल्य ४६५.८२ रुपैयाँ र बिक्रीमूल्य ४६७.७७ रुपैयाँ कायम भएको छ।