समाचार
शेयर बजारमा सुधार,कारोबार साढे दुई अर्बमा सीमित
काठमाडौं । साता कारोबारको पहिलो दिन र तिहार अघिल्लो अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ। आज नेप्से परिसूचक १६.६७ अंकले बढ्दै २५०३ बिन्दुमा पुगेको छ। बजार सूचक उकालो लागे पनि कारोबार रकम भने न्यून रह्यो। आज ३२३ वटा कम्पनीका ६१ लाख १९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा...
पूर्वसचिव डा. संगिता मिश्रा सहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव एवं तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासहित १४ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ। अख्तियारले उनीहरू विरुद्ध स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन अर्थात् स्तन एक्स–रे मेसिन खरीद गर्ने क्रममा ठेकेदारसँग मिलेर नआएको सामग्री पनि आइसकेको भन्दै झुट्टा बिल बनाएर...
नर्स आन्दोलन समाधानका लागि १४ सदस्यीय समिति,बैठक आजै बस्ने
काठमाडौं ।सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा बनेको समितिले आन्दोलनरत नर्सहरूलाई काममा फर्काउने वातावरण बनाउन तत्काल पहल थालेको छ। स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार समितिको पहिलो बैठक आजै बस्दैछ ।...
सुन र चाँदीको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घट्दै २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले घटेर तीन हजार २७५ रुपैयाँमा...
अमेरिकामा “नो किंग्स” आन्दोलनमा लाखौंको शान्तिपूर्ण प्रदर्शन
काठमाडौं । संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध “नो किंग्स” नामक राष्ट्रिय आन्दोलनअन्तर्गत शनिबार देशभर ठूलो संख्यामा जनसमुदाय सडकमा उत्रियो। आयोजकका अनुसार सबै ५० वटा राज्यका २,७०० भन्दा बढी स्थानमा प्रदर्शन गरिएको थियो, जहाँ करिब ७० लाख मानिस सहभागी भए। यी विरोध प्रदर्शनहरू मुख्यतः लोकतन्त्रमाथि परेको कथित खतरा, प्रशासनका...
निर्वाचन केन्द्रित सरकार: आज सुरक्षा समितिको बैठक बस्दै
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावलाई मुख्य प्राथमिकतामा राख्दै सरकारले निर्वाचनसम्बन्धी योजना, समन्वय र सुरक्षा तयारीलाई तीव्र बनाएको छ। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू तथा चारै सुरक्षा निकायका प्रमुखबीच भएको उच्चस्तरीय छलफलले सरकार निर्वाचनकेन्द्रित भएको सन्देश दिएको छ। प्रधानमन्त्री कार्कीले...
आज तिहारको पहीलो दीन, काग तिहार र धन्वन्तरी जयन्ती मनाइँदै
काठमाडौं । आजदेखि देशभर पाँचदिने उज्यालो र रमाइलो पर्व तिहार अर्थात् यमपञ्चकको विधिवत् शुरुवात भएको छ। तिहारको पहिलो दिन आज काग तिहार र धन्वन्तरी जयन्ती एकसाथ परेकाले देशभर विशेष उत्साह र श्रद्धाका साथ मनाइँदैछ। नेपाली परम्परा अनुसार आजको बिहान घर–घरमा कागलाई मीठा परिकार अर्पण गरी पूजा गर्ने चलन रहिआएको...
भयरहित निर्वाचनका लागि सरकार र सुरक्षा निकाय तयार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन गराउने सुनिश्चितता दिलाउन सरकार र चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। शनिबार राष्ट्रपति भवन शीतल निवासमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरू सहित भएको बैठकमा राष्ट्रपति पौडेलले निर्वाचनका लागि आवश्यक तयारी र सुरक्षा व्यवस्था बारे...
मध्यपूर्व शान्तिबाट प्रेरित ट्रम्पको नयाँ कूटनीति
काठमाडौँ ।पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा दुई वर्ष लामो युद्धविराम सम्झौता गराउन सफल भएपछि आफ्नो कूटनीतिक ‘गतिलाई’ विश्वका अन्य क्षेत्रहरूमा विस्तार गर्ने तयारी थालेका छन्। हमास र इजरायलबीच बन्धकबारे भएको सम्झौताबाट उत्साहित ट्रम्पले अब ध्यान रुस, चीन र युक्रेन युद्धतर्फ केन्द्रित गरेका छन्। इजरायली नेसेटको ग्यालरीमा बन्धक सम्झौताबारे...
मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ जना घाइते
काठमाडौँ । मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटमा शनिबार बिहान सातवटा सवारीसाधन आपसमा ठोकिँदा २१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना आज बिहान करिब ७ः३० बजे भएको हो। मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस ठोक्किएपछि...









