समाचार
काठमाडौँमा राति ९ बजेपछि देउसी–भैलो खेल्न निषेध
काठमाडौँ जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो । व्यवस्थित,मर्यादित,अनुशासित ढङ्गले देउसी–भैलो खेल्न समेत आग्रह गरिएको छ ।
नेपाल विश्वकप छनोटको च्याम्पियन
काठमाडौं । नेपाल आईसीसी टी(२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको च्याम्पियन बनेको छ । सुरुवातदेखि अन्तिम सम्मका सबै खेलमा विजयी भई नेपालले अपराजीत रुपमा विश्वकप छनौटको च्याम्पियन बनेको हो । ओमानमा भएको छनौटमा अन्तिम खेलमा आज नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले हराएको हो । समूह चरणदेखि...
जेन-जी आन्दोलनमा २२ प्रदर्शनकारीको मृत्यु, सेनाले उठायो प्रश्न !
काठमाडौँ । नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको जनाएको छ, जसमा २२ जना मात्रै प्रदर्शनकारी रहेको पुष्टि गरेको छ। सेनाका अनुसार तीन प्रहरी, १० कैदी र ४१ जनाको मृत्यु ‘अन्य’ सूचीमा परेको छ, जसको कारण अझै स्पष्ट छैन। शुक्रबार जङ्गी अड्डामा...
गाडी जलेर नष्ट भएपछि नयाँ खरिद गर्न प्रहरीको टेण्डर
काठमाडौँ । नेपाल प्रहरीले ८५ वटा गाडी किन्नका लागि टेण्डर आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले बिहीबार सूचना जारी गर्दै पेट्रोलबाट चल्ने ७५ वटा र १० वटा विद्युतीय पिकअप गाडी खरिदका लागि टेण्डर आह्वान गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग, वित्त प्रशासन तथा खरीद...
जेनजी आन्दोलन आपराधिक मानसिकताले हिंसात्मक भयो: गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलन आपराधिक मानसिकताका व्यक्तिहरूका कारण हिंसात्मक बनेको बताएका छन् । शुक्रबार ७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । मन्त्री अर्यालका अनुसार जेनजी आन्दोलन प्रारम्भमा शान्तिपूर्ण अपेक्षा गरिएको भए पनि आपराधिक सोचका...
एमाले बैठकमा नेतृत्व परिवर्तनको माग तीव्र, ओलीमाथि दबाब बढ्दो
काठमाडौँ । नेकपा एमालेको ललितपुरको जावलाखेलमा जारी केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको एजेण्डा तीव्र रूपमा अघि बढिरहेको छ । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन्। अध्यक्ष ओलीको विशेष प्रतिवेदनमाथि धारणा राख्दै तिम्सिनाले नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन...
सुनको मूल्य ऐतिहासिक उचाइमा, एकैदिन ७ हजार १०० रुपैयाँले वृद्धि
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज ऐतिहासिक उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ७ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ, जुन नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च...
वाणिज्य बैंकहरूले कात्तिकमा निक्षेपको घटाए ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ। असोज महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ०.२६ प्रतिशतले घटेर ५.२० प्रतिशतमा झरेको छ। त्यसैगरी असोज महीनामा संस्थागततर्फ अधिकतम औषत ब्याजदर ३.८७ प्रतिशत...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ४१ पैसाले घटेर एक डलरको खरीदर १४०.२२ रुपैयाँ र बिक्रीदर १४०.८२ रुपैयाँ कायम भएको छ। आज एक स्विस फ्र्यांकको खरीददर १७५.७५ रुपैयाँ र बिक्रीदर १७६.५० रुपैयाँ, एक अष्ट्रेलियन डलरको खरीददर ९१.२३ रुपैयाँ र बिक्रीदर ९१.६२ रुपैयाँ र एक सिंगापुरे...
विश्व बैंकबाट १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आज बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री जगदीश खरेलले जानकारी दिए...










