समाचार

ललितपुरमा ओलीको सम्बोधन : ‘एमाले सुशासन र स्थिरताको अगुवा पार्टी हो

काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हटेको भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन्। बुधबार ललितपुरमा सुरु भएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले कमजोर नभएको र अझै पनि देशको राजनीतिक, आर्थिक तथा विकासको नायकत्व गर्ने पार्टी रहेको दाबी गरे।...

सुनको मूल्य ऐतिहासिक उचाइमा, तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो। लगातार बढ्दै गएको सुनको मूल्यले बजारमा नयाँ कीर्तिमान कायम गरेको छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तन...

नेपालको पासपोर्ट विश्वमै कमजोर, १०६औं स्थानमा यथावत्

काठमाडौं । हेनले एण्ड पार्टनर्सद्वारा सार्वजनिक गरिएको हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार नेपाल विश्वका कमजोर पासपोर्ट भएका देशहरूमध्ये परिरहेको छ। नयाँ सूचकाङ्कअनुसार नेपाल अन्तिमबाट सातौं अर्थात् १०६औं स्थानमा यथावत् रहेको छ। अघिल्लो वर्ष नेपाल १०३औं स्थानमा थियो भने सन् २०२५ को पहिलो त्रैमासमा पनि १०१औं स्थानमा नै सीमित थियो।...

मेडागास्करमा सेनाको सत्ता कब्जा, राष्ट्रपति राजोएलिना देशबाट पलायन

काठमाडौँ । मेडागास्करमा जारी जनआन्दोलन र राजनीतिक संकटबीच सेनाले सत्ता हातमा लिएको छ। सेनाका कमाण्डर कर्नल माइकल रान्ड्रियानिरिनाले मंगलबार राष्ट्रिय रेडियोमार्फत घोषणा गर्दै राष्ट्रपति एन्ड्री राजोएलिनालाई सांसदहरूले महाभियोग लगाएपछि र जनआन्दोलन उत्कर्षमा पुगेपछि सेनाले शासन जिम्मा लिएको जानकारी दिएका हुन्। सेनाले विज्ञप्ति जारी गर्दै सिनेट, उच्च संवैधानिक अदालत, स्वतन्त्र...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २० पैसाले बढेर एक डलरको खरीददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम भएको छ। राष्ट्र बैंकका अनुसार आज १० जापानिज येनको खरीदमूल्य ९.३३ रुपैयाँ र बिक्रीमूल्य ९.३६ रुपैयाँ कायम भएको छ भने एक यूएई दिरामको खरीदमूल्य ३८.६० रुपैयाँ...

देशको हित केन्द्रमा राखी अघि बढ्न देउवाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेन-जी आन्दोलनले उठाएका जायज मागहरू पूरा गर्नुपर्ने बताएका छन्। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै देउवाले जनताका अधिकारका लागि आफूले विभिन्न समयमा गरेको संघर्ष स्मरण गराउँदै जेनजीका मागबारे केन्द्रीय समिति बैठकमा गहन छलफल हुने बताए। देउवाले आन्दोलनपछि देशमा उत्पन्न राजनीतिक अवस्थाबारे पनि...

तिहार नजिकिँदै गर्दा शेयर बजारमा गिरावट

काठमाडौँ । हिजो केही सुधार देखिएको शेयर बजार आज पुनः ओरालो लागेको छ ।  तिहार नजिकिँदै गर्दा ब्याज तिर्ने र चाडपर्वका खर्चका लागि लगानीकर्ताहरूले शेयर बिक्रीमा लागेपछि बजारमा थप दबाब आएको हो । नियामक निकायका सकारात्मक प्रयास र नीतिगत सुधारहरू भए पनि तत्काल बजारलाई स्थायित्वमा फर्काउन कठिन देखिएको छ ।...

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ मा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीवार बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ। समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालका अनुसार सो समयमा भाइटीका लगाउन सबैभन्दा शुभ मानिनेछ। राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने परम्परा रहे पनि साइत नहेर्नेका लागि बिहानदेखि...

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । मंगलबार बिहान सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध तीनवटा रिट पेस भएका हुन्। अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दायर भएका रिटमध्ये एउटा सरकार असंवैधानिक रहेको भन्दै पेस गरिएको हो भने बाँकी दुईवटा रिट प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका हुन्।...

एकैदिन सुनको मूल्य ८ हजारले उकालो, तोलाको मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँ

काठमाडौँ । एकैदिन सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुन तोलामा एकैदिन ८ हजार १०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । यसै, चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५...