समाचार

भोटेकोशीमा ‘जेनजी आन्दोलन’पछि स्थानीय समूहलाई १० प्रतिशत निःशुल्क शेयर

काठमाडौँ। ‘जेनजी आन्दोलन’को नाममा भोटेकोशी गाउँपालिकाको एक समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै अपर भोटेकोशी जलविद्युत् आयोजनाबाट १० प्रतिशत निःशुल्क शेयर प्राप्त गरेको छ। भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड नामक समूहले ४५ मेगावाट क्षमताको आयोजनाबाट स्थानीयलाई १० प्रतिशत शेयर दिनुपर्ने माग राख्दै करिब एक महिनादेखि आयोजना ठप्प बनाएको...

ट्रम्प इजरायलमा, २० बन्धक र २ हजार कैदी आज रिहा हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार बिहान गाजामा रहेका २० जना जीवित इजरायली बन्धकहरूको रिहाइ अघि इजरायल पुग्दै छन्। अमेरिकी मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताअन्तर्गत बन्धकहरूको पहिलो चरणको रूपमा इजरायलका झण्डै २,००० प्यालेस्टिनी बन्दीहरूलाई समेत रिहा गरिने तयारी भइरहेको छ।ट्रम्पले इजरायलको संसद (नेसेट) लाई सम्बोधन गर्नेछन् र प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तथा...

यूएईलाई हराउँदै नेपाल १ रनले विजयी

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा नेपालले १ रनले यूएईसँग विजयी भएको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनायो । यूएईका लागि अलिशान सराफूले ५८ रन बनाएका थिए...

सामाजिक सञ्जाल नियमनमा काउन्सिल गम्भीर बन्नुपर्ने सञ्चारमन्त्री खरेलको भनाइ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक ठूलो शून्यतामा जाने सक्ने जोखिम अझै कायमै रहेको बताएका छन्। उनले मुलुकलाई ट्रयाकभन्दा बाहिर जान नदिन सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए। काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा मन्त्री खरेलले प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई अधिकार सम्पन्न र स्वायत्त...

नेविसंघद्वारा मेयर बालेन र सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ। गत भदौ २३ र २४ गते जेनजी युवा आन्दोलनका क्रममा भएका अप्रिय घटनामा उनीहरू संलग्न रहेको आरोप लगाउँदै नेविसंघले जिल्ला प्रहरी...

बजारमा अधिक तरलता, ५० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ७ दिनका लागि उक्त रकम झिक्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज...

सुन र चाँदीको मूल्य उच्च विन्दुमा स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँ प्रतितोला कायम भएको छ। महासंघका अनुसार अघिल्लो दिन शनिबार पनि सुन र...

जीवित बन्धकहरूको सूचीमा नेपाली विद्यार्थी विपिन जोशी

काठमाडौं । इजरायल र हमासबीच भएको हालैको युद्धविराम सम्झौताले बन्धकहरू मुक्त हुने मार्ग खोलिदिएको छ। सम्झौताअनुसार पहिलो चरणमा सोमबारदेखि गाजामा रहेका केही बन्धकहरूलाई रिहा गर्ने तयारी भइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रकाशित गरेको जीवित बन्धकहरूको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि समावेश गरिएको छ। उक्त सूचीमा गाजामा हमासको नियन्त्रणमा...

मन्त्री पुनको जेनजीलाई आग्रह: ‘गुटबन्दी र खुट्टा तानातान नगर्नुहोस्

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी पुस्तालाई राष्ट्रिय हितका लागि गुटबन्दी र खुट्टा तानातान नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले इतिहासका उदाहरणहरू पेस गर्दै गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले देशलाई बारम्बार कमजोर बनाएको बताएका छन् । मन्त्री पुनले जेनजी पुस्ता र राष्ट्रप्रेमी सम्पूर्ण नेपालीलाई...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४१.६० रुपैयाँ र बिक्रीदर १४१.२० रुपैयाँ र एक अष्ट्रेलियन डलरको खरीददर ९२.७८ रुपैयाँ र बिक्रीदर ९३.१८ रुपैयाँ तोकिएको छ। त्यसैगरी १० जापानिज येनको खरीदमूल्य ९.२७ रुपैयाँ र बिक्रीमूल्य...