पूर्वप्रधानमन्त्री डा. भट्टराई आज भारत जाँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आज भारत जाने उनको सचिवालयले जानकारी दिएको छ । उनले भारतको शिक्षण संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा सहभागी भई दक्षिण एसियाको लोकतान्त्रिक भविष्यस् युवा, प्रविधि र समावेशी लोकतन्त्र विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यस बाहेक भ्रमणका क्रममा डा भट्टराईले भारतका कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट गर्ने छन् । साथै इन्डिया इन्टरनेसनल सेन्टरमा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभद्वारा आयोजित एक कार्यक्रममा विशेष वक्ताको रुपमा पनि उनी सहभागी हुने तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।
स्वकीय सचिव रेखी गुरुङद्वारा जारी विज्ञप्तीमा डा. पुस ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको उल्लेख। छ ।
